काठमाडौं, ३० भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमणका बोरमो चर्काे आलोचना गरेका छन् ।
सरकार गठन लगत्तै दुई जना उपप्रधानमन्त्रीलाई छिमेकी मुलुकहरुमा दूत बनाएर पठाएको विषयमा पनि आपत्ति जनाउदै उनले माओवादीले अघिल्लो सरकारमा बसेर त्यही सरकारलाई घात भएको आरोप लगाए । नयाँ सरकार बनाउने बेलामा कांग्रेस, माओवादी र मधेसी दलहरुबीच भएको तीन बुँदे सम्झौताले घातक रहेको ओलीले टिप्पणी छ ।
नेपालको संविधान जति समावेशी संविधान अन्यत्र नरहेको उल्लेख गर्दै ओलीले संविधानको सर्वस्वकार्यता कही पनि नहुने बताए ।