गोपाल रेग्मी
रुकुम, ३० भदौ ।
कृष्ण स्मृति प्रतिष्ठानले एक कार्यक्रमकाविच रुकुमको शीतल उच्च माध्यामिक विद्यालय चौरजहारी रुकुममा अध्ययनरत विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले प्रत्यक वर्ष खेलकुद, अनुशासन, जेहेनदार तथा अपांगता भएका विद्यार्थीहरुलाई पुरुस्कृत गर्दै आएको छ ।
निमावि स्तरिय दौड प्रतियोगीतामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रुकमनी हमाल प्रथम, पार्वती विक द्धितिय र एलिसा केसीले तृतीय स्थान हाँसिल गरेका छन । त्यसैगरी प्रकास उपाध्याय पुस्कर शर्मा र तेज वहादुर राणाले छात्र तर्फ क्रमस प्रथम दितिय र तृतिय स्थान हाँसिल गरेका छन ।
कक्षा ७ मा अध्ययनरत छात्रा पवित्रा गौतम यमुना गौतम र यमुना राणाले प्रथम दितिय र तृतीय स्थान हाँसील गरेका छन । छात्र तर्फ खुलस्त गिरी प्रथम सुनिल लामिछाने दितिय र नारायण वलीले तृतिय स्थान हात पारेका छन । माध्यामिक तह स्तरिय दौडमा पुष्पा शर्मा पुष्पा रोकाय र सन्जु राणाले प्रथम दितिय र तृतीय स्थान हात पारेका हुन । माध्यामिक स्तरीय भलिवल खेल तर्फ प्राविधिक धार समुह प्रथम सेक्सन सी दितिय र सेक्सन सी ले तृतिय स्थान हाँसिल गरेको हो ।
भलिवल प्रतियोगीतामा वेष्ट प्लेयर मिसर वि.क लाई प्रदान गरीएको छ । विजयी समुह लाई थाली कचौडा गिलास पिलेट र प्रमाण पत्र प्रदान गरीएको थियो । शीतल उच्च माध्यामिक विद्यालय चौरजहारीको कक्षा १० मा अध्ययनरत कृष्ण राणाको २०६८ साल वैशाख २५ गते करेन्ट लागेर वांकेको नेपालगञ्जमा निधन भएको थियो ।
उनको स्मृतिमा अभिभावकले २०७० भाद्र १५ गते रु ५० हजारको अक्षय कोष स्थापना गरी त्यसवाट आएको व्याजवाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाई पुरुष्कृत गर्दै आएका छन् ।।