त्रिपुर, ३० भदौ । दाङ त्रिपुर नगरपालिका ५ स्थित बालकल्याण आधारभूत विद्यालय नारायणपुर खैरामा बालदिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसका अवसरमा बाल अधिकार सम्वन्धी शब्द चयन गरी विंगो खेल खेलाउनुका साथै बाल अधिकार सम्वन्धी लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । 
छात्रमैत्री क्लवका अध्यक्ष सपना रोकको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक पद्मप्रसाद शर्माको प्रमुख अतिथ्यतामा विभिन्न कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्यापक पद्मप्रसाद शर्माले विजयी छात्र छात्राहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।यसैविच, कार्यक्रम आयोजना हुनुभन्दा पहिले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले विद्यालयको प्राङ्गण सरसफाई समेत गरेका थिए ।।