काठमाण्डौ, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारत भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहाल नेपाल वायुसेवा निगमको जहाजबाट बिहान ११ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट भारत जानुभएको हो । 
भारतस्थित नेपाली राजदूतावासमा आयोजना हुने दिवा भोजमा प्रधानमन्त्री सहभागी हुनुहुनेछ । प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति भवनमा बस्ने व्यवस्था भारत सरकारले मिलाएको छ । प्रधानमन्त्री भोली राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सहभागी हुने तथा भारतीय राष्ट्रपति प्रणम मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट वार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री असोज २ गते नेपाल फर्कने कार्यक्रम रहको छ ।।