
साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङले आउँदो शनिबारदेखि नुन, चिनी र चामलमा सहुलियत दिनेछन् ।
बुधबारको मन्त्रिपरिषद्को निर्णय अनुसार पहाडी जिल्लामा नुन प्रतिकिलो रुपैयाँमा नै उपलब्ध गराइने छ भने चामलमा प्रतिकिलो १० र चिनीमा पाँच रुपैयाँ छुट दिइने छ ।
अरु जिल्लामा भने चिनी र चामलमा पाँच रुपैयाँ र नुनमा दुई रुपैयाँ छुट दिने निर्णय भएको छ । छुट खुद्रा पसलमा पनि लागू हुन्छ । सरकारले तोके अनुसार खुद्रा पसलमा छुट नपाए उपभोक्ताले प्रहरीमा खबर गर्न सक्ने सरकारले जनाएको छ ।