उपप्रधानमन्त्री महराको पहलमा पहलमानको निःशुल्क उपचार
इन्द्रेणी समाचारदाता
इन्द्रेणी संवाददाता
दाङ, २९ भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको पहलमा रोल्पा लिवाङ्ग–७का पहलमान सेनको नर्भिक अस्पतालमा निःशुल्क उपचार हुने भएको छ ।
जण्डिसका बिरामी सेनको बिगत केही दिनदेखि काठमाण्डौको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । नर्भिक अस्पतालमा निर्माण भएको लून–गङ्गा सुइट्सको उद्घाटनका लागि उपप्रधानमन्त्री महरा बुधबार नर्भिक अस्पताल पुग्नुभएको थियो । त्यसैक्रममा उहाँलार्इ रोल्पाको लिवाङ्गका बिरामीको त्यही उपचार भइरहेको जानकारी भएपछि उहाँले निःशुल्क उपचारका लागि पहल गर्नुभएको थियो । महराका पूर्व विद्यार्थी समेत रहेका सेनलाई भेटेपछि अस्पतालको ब्यवस्थापनपक्षलार्इ अस्पतालको तर्फबाट गर्न सकिने सहयोग गरीदिन आग्रह गर्नुभयो ।
महराको आग्रहमा त्यही रहेका अस्पतालका अध्यक्ष बसन्त चौधरीले सेनको सम्पुर्ण उपचार निःशुल्क गरिने बताउनुभयो । अस्पताल स्रोतका अनुसार पहलमानको उपचारका लागि हालसम्म करिब ४२ हजार रुपैया खर्च भएको छ । बिरामी डिस्चार्ज हुने बेलामा उक्त रकम पनि फिर्ता गरिने अस्पतालले जनाएको छ ।