घोराही, २९ भदौ । राष्ट्रिय वाल दिवसको अबसरमा घोराही–११ रतनपुरको गुरुकुल इन्टरनेशनल एकेडेमीले विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरेको छ ।
त्यस्तै एक किलोमिटर दौडमा छात्रतर्फ रुपेश केसी प्रथम, जीवन बोहरा द्धितीय र सत्यदिप डाँगी तृतीय भएका थिए । छात्रातर्फ संगीता वेल्वासे प्रथम, प्रशंसा बस्नेत द्धितीय र श्रीया पाण्डेय तृतीय भएका थिए । प्रिन्सीपल टिकाजंग बिकेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।