सल्यान, २९ भदौ । वाल विकास केन्द्रका सहजकर्ताहरुका लागी प्रारम्भिक साक्षरता र गणितिय शिप सम्वन्धी अवधारणाबारेको ५ दिने तालिम आजदेखि सल्यानको श्रीनगरमा शुरु भएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा दलित विकास समाजसल्यानद्धारा संचालित एकिकृत परियोजना अन्र्तरगत तालिम संचालन भएको हो । 
संस्थाले विगत पाँच महिनादेखि जिल्लाका चार गाविसहरु भल्चौर, जिमाली, ढाकाडाम र दार्माकोटलाई कार्यक्षेत्र बनाएर एकिकृत परियोजना संचालन गरीरहेको छ । चार गाविसमा विद्यालय वाहिर रहेका वालवालिकाहरुलाई विद्यालयमा ल्याउन, विद्यालयमा रहेका वालवालिकाको गुणस्तरिय सिकाईको लागी गुणस्तरिय वातावरण विकास गर्न र विद्यार्थिको सिकाई उपलव्धी सुधार गर्नका लागी विभिन्न कार्यक्रमहरु गरिरहेको परियोजनाका शिक्षा संयोजक पुरुषोत्तम गिरीले जानकारी दिनुभयो ।।