Indrenionline.com

प्रधानमन्त्रीलाई राष्ट्रिय हित विपरित कुनै पनि काम नगर्न माओवादी केन्द्रको सुझाव

काठमाण्डौ, २९ भदौ ।नेकपा माओवादी केन्द्रले भारत भ्रमणका क्रममा राष्ट्रिय हितविपरित कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएको छ । maobadi-kendrako-baithakलाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकले भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र कुनै पनि नयाँ सन्धि सम्झौता नगर्न सुझाव दिएको हो ।बैठकले यसअघि भएका सहमति कार्यान्वयनका लागि पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विद्युत व्यापार सम्झौता, हुलाकी राजमार्ग र पुनर्निर्माणका विषयमा भएका दुई देशबीच भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । प्रधानमन्त्री दाहाल भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।।