काठमाण्डौ, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाको विकासमा केहि उपलब्धी मुलक काम भएता पनि सो कार्य सन्तोषजनक नभएको बताउनु भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा राजधानीमा आज आयोजित कार्यक्रमको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले बालबालिका अहिले पनि शारिरीक तथा मानसिक हिंसाबाट मुक्त हुन नसकेको वताउनुभयो ।
बालबालिकाका लागि लगानी गरे भोलि दक्ष र उर्जा्शिल जनशक्ति उत्पादन हुने भन्दै बालबालिकाको उच्च शिक्षा, स्वास्थ्यमा लगानी बढाउनुपर्ने उहाँको धारणा थियो । यसैविच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने बताउनुभएको छ ।
बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले देशको राजनीतिक परिवर्तनसँगै सबैको प्रयत्नमा बाल अधिकारको क्षेत्रमा धेरै कार्यहरु भएको बताउनुभएको छ ।।