रोल्पा, २९ भदौ । ग्रामीण भेगका जनताको उपचार गर्ने भन्दै डा.गोबिन्द केसी रोल्पा पुग्नुभएको छ । झोलामा केहि औँषधी बोकेर राजधानीवाट रोल्पा जानुभएको डा. केसीलआज र भोली रोल्पाको सुलिचौरमा स्वास्थ्य शिविर सन्चालन गर्ने वताउनुभएको छ । 
सहयोगी बिना नै हिजो रोल्पा सदमुकाम लिबाङ पुगेका केसी आज सुलिचौरमा रहनुभएको छ । केहि औँषधी बोकेर रोल्पा गएका डा. केसीले रोल्पाका केही संघ संस्था र जिल्ला अस्पतालको सहयोगको अपेक्षा गरेको बुझिएको छ ।।