काठमाडौं, २९ भदौ । अष्ट्रेलियाको शिक्षा क्षेत्रमा प्रदान गरिने यस बर्षको प्रतिष्ठित पुरस्कार नेपाली युवाले रसुवाका रत्न पौड्यालले पाएका छन् । अष्ट्रेलियाली सरकारको शिक्षा विभागले मंगलबार मात्रै उक्त पुरस्कार पौड्याललाई प्रदान गर्ने घोषणा गरेको हो ।
प्रत्येक बर्ष अष्ट्रेलियाभरी रहेका विश्वविद्यालयमा अध्यापन गराइरहेका प्राध्यापकहरुलाई प्रदान गरिने यो शिक्षा क्षेत्रमा दिई्ने विशेष सम्मान हो । ‘अष्ट्रेलियन अवार्ड फर युनिभर्सिटी टिचिङ’ नाम दिइएको यो पुरस्कार पाउने पौड्याल पहिलो नेपाली बनेका छन् ।