दाङ, २९ भदौ । देउखुरीको लालमटियामा कपास निर्माण उद्योगको स्थापना गरिएको छ । लालमटिया गाविस ८ मसुरियामा हनुमान चौधरीले उद्योग सन्चालनमा ल्याउनुभएको हो ।
पुरानो लुगा, टेलिरिङबाट बचेका कटपीसहरुबाट नयाँ शिरक, डसना, तकिया बनाउन सकिने उद्योग संचालक हनुमान चौधरीले जानकारी दिनुभएको छ ।