इन्द्रेणी संवाददाता
रसुवागडी, २९ भदौ । रसुवामा भूकम्पका कारण एक हजारभन्दा बढी बालबालिकाहरु उच्च जोखिममा छन् । भूकम्पका कारण जिल्लाका एक हजार ८४ जना बालबालिका उच्च जोखिममा रहेको जिल्ला बालकल्याण समिति रसुवाले जनाएको छ ।
त्यसैगरी सामूहिक बसाईका कारण बालयौन दुर्व्यहार बढेको छ । विशेषगरी, विस्थापित बसेका क्याम्पमा बालयौन दुर्व्यवहार बढेको पीडितले बताएका छन् । भूकम्पपछिका दिनमा बालबालिकाको ओसारपसार, बालविवाह, बालश्रम लगायतमा पनि वृद्धि भएको वालकल्याण समितिको भनइ छ ।