इन्द्रेणी संवाददाता
पर्सा, २९ भदौ । भाइबुहारीको हत्या गरेको आरोपमा पर्साको बसडिल्वा–६ का प्रभु महतोलाई प्रहरीले पक्राउ गरेको छ । ५१ वर्षका महतोले छुराले हानेर भाइ रुदल महतोकी श्रीमती ४० वर्षकी चुनिया देवीको हत्या गरेको प्रहरीले बताएको छ ।
खबर पाए लगत्तै प्रभुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रभुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।
पक्राउ परेका प्रभुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।