गोपाल रेग्मी
रुकुम, २८ भदौं । रुकुम चौरजहारी नगरपालिका ९ कुमाई गाउँ निवासी ८७ वर्षिय कुल प्रसाद जैसीको स्मृतिमा एक विद्यालयमा ५० हजारको अक्षय कोष स्थापना गरीएको छ । जैसीको १० औ पुन्यतिथिको अवसरमा एक कार्यक्रमका विच मृतकका छोरा ईन्द्रलाल शमार्, तिलक शर्मा र दुर्गा शर्माले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नको लागी अक्षयकोषको स्थापना गरीएको हो ।
कार्यक्रममा नेकपा माओवादी जिल्ला कमिटी सदस्य कर्णवहादुर घर्ति नगर कमिटी अध्यक्ष मोति प्रसाद पोखरेल, ईन्द्रलाल शर्मा। पवित्रा, पुर्ण लगाएतका अतिथी आफन्त स्टमित्र एवम शुभचिन्तकहरुले फोटामा माल्यार्पण र अविरआवरण गरेका थिए । स्मृति सभामा वोल्ने वक्ताहरुले समाजमा प्रतिष्ठीत समाजसेवी ईमान्दार व्यक्ति जैसीको निधनले पार्टीमा अतुलनिय क्षति पुगेको भन्दै वुवाले देखाएको वाटोमा निरन्तर अगाडी वढन छोरालाई आग्रह गरेका थिए ।।