भदौ, २ पाँचथर । पाँचथरको फिदिममा रहेको मेची इङलिस स्कुलमा अध्ययनरत दुई विद्यार्थी गत चार दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा च्याङथापु–३, पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नगरपालिका–१, नाम्दु बस्ने देउमान राईका छोरा वसन्त राई रहेका छन्। 
पृथ्वी सो विद्यालयको कक्षा ९ मा र वसन्त कक्षा ६ मा अध्ययनरत थिए। विद्यालयको छात्रावासमा बसेर पढ्दै आएका उनीहरु गत भदौ २५ गते राति ११स्४५ बजेदेखि एकाएक बेपत्ता भएको विद्यालयले जनाएको छ।बिनाकारण सम्पर्क्विहीन भएका उनीहरुको खोजी भइरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको विद्यालयका भाइस प्रिन्सिपल कुलराज नेयोङहाङले बताए।बेपत्ता भएसँगै उनीहरुको परिवार भने चिन्तामा डुबेका छन्।।