भदौ, २८ । दाइजो भन्ने बित्तिकै हामीकहाँ बिहेमा केटीका परिवारले केटाका परिवारलाई दिइने नगद तथा जिन्सी उपहार भन्ने बुझिन्छ ।
तर चीनमा एउटा यस्तो अनौठो विवाह भएको छ जहाँ आफुलाई मन परेकी युवतीसँग बिहे गर्नका लागि एकजना पुरुषले झण्डै १० करोड रुपैयाँ बराबरको दाइजो केटीका परिवारलाई दिनुपरेको छ ।
मन परेकी युवतीलाई आफ्नी जिवनसाथी बनाउनका लागि करोडौँ मूल्य चुकाउने युवकको नाम चेन हो । उनी धनी परिवारका छोरा हुन् । आफ्नो विवाह खास बनाउनका लागि उनले दाइजो प्रथालाई नै उल्टाइदिए ।।