Indrenionline.com

महिला संघमा पौडेल पक्षवाट अध्यक्षको उम्मेदवार घोषणा

काठमाण्डौ, २८ भदौ । नेपाली कांग्रेस सम्बद्ध महिला संघको महाधिवेशनमा रामचन्द्र पौडेल पक्षले अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । पौडेल पक्षले अध्यक्षको उम्मेदवारमा मिना पाण्डेलाई अघि सारेको हो ।mina-pandeyमंगलबार राजधानीमा आयोजित घोषणा सभामा उम्मेदवारहरु घोषणा गरिएको हो । अरु उम्मेदवारहरु भने पछि घोषणा गरिने पौडेल पक्षले जनाएको छ ।महिलासँगको पदाधिकारीमा अध्यक्ष, महामन्त्री र कोषाध्यक्ष निर्वाचनबाट चुनिन्छन् । देउवा पक्षले भने अझै उम्मेदवार टुंगो लगाएको छैन ।।