Indrenionline.com

नेपाल भारतको थप दुई नाका खोल्न प्रस्ताव

काठमाडौं, भदौ २८ । परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले आफ्नो भारत भ्रमणबाट प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका लागि वातावारण बनाएको दाबी गर्नुभएको छ । भारतको नयाँ दिल्लीबाट फर्किएका मन्त्री महतले विमानस्थलमा पत्रकारसित कुरा गर्दै प्रधानमन्त्रीको भारत भ्रमणमा एजेण्डाबारे आफूले भारतीय पक्षसित कुराकानी गरेको जानकारी दिनुभयो । prakash-mahatप्रधानमन्त्री दाहालले आउँदो बिहीबार गर्ने भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोनजा अघि बढाउने, हुलाकी निर्माणको दोश्रो चरण सुरु गर्ने र उर्जा ब्यापार सम्झौता अर्थात पिटिए कार्यान्वयन तहमा लैजाने बारे छलफल र सहमति हुने महतले बताउनुभयो ।

भारतलाई कञ्चनपुरको चाँदनी दोधरामा कैलालीमा गरेर थप दुई नाका खोल्न प्रस्ताव गरेको र त्यसमा भारत सकरात्मक रहेको मन्त्री महतले बताउनुभयो । प्रधानमन्त्रीको भ्रमण कुनै नयाँ सन्धी सम्झौता गर्ने भन्दा पनि पुराना सन्धी सम्झौतालाई नै अघि बढाउन केन्द्रित हुने परराष्ट्र मन्त्री महतले जानकारी दिनुभयो ।।