२८ भदौ, बैतडी । चक्कु प्रहारबाट दार्चुलामा एक युवक गम्भीर घाइते भएका छन् । चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुँवर चक्कु प्रहरबाट घाइते भएका हुन् । 
पक्राउ पर्नेमा दार्चुला अपी नगरपलिका–४ दहका २७ वर्षीय धिरेन्द्र कुँवर, १७ वर्षीय रमेश कुँवर र सोही ठाउँकै १६ वर्षीय उमेश कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।।