काठमाण्डौ, २८ भदौ ।
चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिइने भएको छ । प्रा. डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनसन बस्ने चेतावनी दिएका छन् । 
शिक्षामन्त्री पौडेलले भने, ‘चिकित्सा शिक्षा ऐन छिट्टै संसदमा दर्ता गर्छौं । र, ऐन नबन्दा कुनै पनि मेडिकल कलेजलाई सम्वन्धन नदिन सचेत गराएका छौं ।’त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले नै नेसनल मेडिकल कलेजलाई सम्वन्धन दिन दबाव दिएको समाचार आएको थियो ।।