काठमाडौं, २८ भदौ । खाना पकाउने ग्यास सिलिन्डर पड्किएमा, उपभोक्ताको मृत्यु भएमा र भौतिक क्षति भएमा क्षतिपूर्तिका लागि ग्यास कम्पनी र पीडित पक्षबीच लामो विवाद चुलिदै गएको थियो । तर अब त्यो विवाद केही रुपमा समाधान हुने भएको छ ।
बिमा स्किम अन्र्तगत क्षतिपूर्तिका लागि चाहिने कागजात जुटाउने काम ग्यास कम्पनीले गर्ने बताइएको छ । बिमा कम्पनीले मृतकका परिवारलाई बढीमा ५० लाख, भौतिक क्षति ४० लाख र घाइतेको औषधि उपचारमा १० लाख रुपैयाँ दिइने व्यवस्था गरेको छ ।