कुशुम विक / बर्दिया
मंगलबार , २८ भाद्र । नेपाली कांग्रेसको भात्रृ संगठन तरुण दल बर्दियाका नगर इन्चार्ज रविन्द्र यादवले एक होटलकी साहुनीलाई निर्घात कुटपिट गरेको खबर यस अघि इन्द्रेणी अनलाइनमा आएको छ । किन के कारणले कुटे त तरुण नेताले ? इन्द्रेणी अनलाइनले घटना स्थल पुगी पीडित र पिडक लाइ भेटर थप समाचार तयार पारेको छ ।

यस्तो रहेछ घटनाको कारण
पीडित दम्पती बर्दियाको गुलरिया नगरपालिका वडा नं १ मा पुरी लेग पिस संचालन गर्दै आइरहेका छन् । रोजीरोटीका लागि आफ्नो व्याबसाय गर्दै आएका निम्न बर्गीय भुपेन्द्र पुरी र उनकी श्रीमती नन्दादेवीले बिगत दुइ बर्ष अगाडिको उधारो मदिरा खाएको पैसा माग्दा नेता यादवले लठ्ठी , मुक्का र लात्तीले दुवै जनालाई निर्घात कुटेका छन् ।
शम्भु शरण उच्चमाविका शिक्षक समेत रहेका रविन्द्र यादव र उनका साथीहरुले लेग पिस संचालक भूपेन्द्रलाई एक्कासी कुटपिट गर्न थाले पछि भुपेन्द्र पत्नी नन्दादेवी किन कुटेको भन्दै कोठामा पसेकी थिइन् । नन्दादेवी कोठामा पस्ना साथ यादव र उनका साथीहरुले नन्दादेवीलाई झम्टेका थिए ।
नेताको कुटपिटमा परी भुपेन्द्र पुरी सामान्य घाइते भएका छन् भने उनकी श्रीमती नन्दादेवी पुरी लाइ गम्भीर चोट लागि जिल्ला अस्पताल गुलरियामा उपचार भैरहेको छ । नन्दादेवी पुरीको टाउको ,हात कम्मर तथा खुटटामा गम्भीर चोट लागेको छ ।
अस्पतालको शैया बाट टिलपिल आँसु पर्दै पीडित नन्दादेवी पुरीले इन्द्रेणी संग भनिन – ‘छोराछोरीको शुल्क विद्यालयमा बुझाउनुपर्ने समय आएको र आफु पनि बिरामी भएकाले उपचार गर्ने पैंसा आफु संग नभएकाले मैले पुरानो बाँकी रकम यादव संग मागेको थिए , उधारो खाएको पैंसा तिर्नुको साटो उनि त एक्कासी कड्किए । अनि श्रीमान पनि एक दुइ कुरा के के बोल्दै हुनुहुन्थ्यो उल्टै कोठामा लगेर लठ्ठीले हिर्काउन थाले पछि म पनि भित्र पसेको मात्र थिए सबै मैमाथी जाइलागे । लगातार अपशव्द बोल्दै रविन्द्र यादवले दिनुपर्ने ६ हजार दिन्न जहाँ जान्छेस जा भन्दै कुटपिट गरे।
यस्तो भन्छन पीडक यादव
यता कुटपिट गरेका भनिएका शिक्षक तथा तरुण दलका नगर इन्चार्ज रविन्द्र यादवले आफुहरु मोटरसाइकिलमा स्वही बाटो जादै गर्दा बाटोमा रोकेर पैसा माग गरेको बताउदै आफुले मदिरा पान नगरेको तर पैसा दिनुपर्ने भए प्रहरी चौकी जाउ भन्दा नमानेकै कारण सो घटना भएको बताउनु भयो ।
नन्दादेविले अनावश्यक हो हल्ला गरेको भन्दै आफुहरुले सामान्य कुटपिट गरेको स्वीकार गर्नु भयो । रविन्द्र यादव स्थानिय शम्भु सरण उमावि खैरापुरमा निमावि राहत दरवन्दिका शिक्षक समेत हुन उनले सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउदै आएका छन । यो घटनाको विषयमा प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ ।