दाङ भदौ २८ । दाङमा १ लाख राशीको ‘दङाली गोल्ड कप’ फुटबल प्रतियोगीता हुने भएको छ । दाङ युवा मञ्चको आज घोराहीमा बसेको बैठकले आउँदो कार्तिक १ गतेदेखि पाँचनम्वर प्रदेशस्तरिय फुटवल प्रतियोगीता गर्ने निर्णय गरेको हो ।
मञ्चका उपाध्यक्ष समिर वलीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा मञ्चका संरक्षक सविन प्रियासन, संस्थापक सल्लाहकार नरेन्द्र पुन, बरिष्ठ सल्लाहकार टीका थापा, पूर्णकुमार पुन ‘बाबु’, प्रेस सल्लाहकार टीका बस्नेत, कोषाध्यक्ष कृष्णदेव थापालगायतले बोल्नुभएको थियो । बैठकको सहजीकरण सचिव श्याम गिरीले सहजीकरण गर्नुभएको थियो ।
जिल्लामा विभिन्न सामाजिक कार्य सञ्चालन गर्दै आइरहेको मञ्चले यसपूर्ण पनि राप्ती अञ्चलस्तरिय फुटबल प्रतियोगीता सञ्चालन गरिसकेको छ ।