अहिले बाणिज्य बैंकले दिनको १५ किलो सुन आयात गर्न पाउने व्यवस्था छ । साना गहना पसलले सजिलै सुन किन्न पाउन् भनेर बाणिज्य बैंकले एकसय ग्रामको सुनको सिक्का पनि आयात गर्न पाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । यस्तै एक किलोको सुनको पट्टी आयात गर्न पाउने व्यवस्था पनि लागु गर्न लागिएको छ ।