
सिरियाली सेनाले आफूले युद्ध विरामको सम्मान गर्ने बताएको छ । तर बिद्रोहीले यसको पालना गर्ने / नगर्ने बारे केही बताएका छैनन् । सिरियाली सेनाले एक वक्तव्य जारी गरेर युद्ध विराम एक हप्तासम्म जारी रहने बताएको छ । मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अहिले युद्धग्रस्त क्षेत्रमा गोली चलेको वा बम बिस्फोट भएको खबर आएको छैन ।
सात दिने युद्ध विराम सकिए लगतै अमेरिका र रुसले संयुक्त रुपमा इस्लामिक स्टेट आइएस तथा अल–नुस्रा फ्रन्टसहितका इस्लामिक बिद्रोही विरुद्ध संयुक्त कारबाही अभियान सुरु गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिका र रुसबिच लामो छलफलपछि गएको शुक्रबार सिरिया मुद्दामा सहमति भएको थियो ।