
त्यहाँ डा. मनी मेनानसहितको चिकित्सक टोलीले उहाँको शल्यक्रिया गर्ने तयारी भएको छ । उपचारका लागि उहाँ असोज १ गते शनिबार अमेरिका जानुहुने र असोज ५ गते चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउनु हुनेछ । त्यसपछि उहाँको असोज १० गते शल्यक्रिया गरिनेछ ।
पूर्वराष्ट्रपति यादवले चिकित्सकहरूको सल्लाह र सुझावअनुसार नै उच्च प्रविधिबाट शल्यक्रिया गर्न अमेरिका जान लागेको बताउनुभयो ।