इन्द्रेणी संवाददाता
घोराही , २७ भदौ । दाङका चर्चित युवा व्यावसायी, कला प्रेमी, समाजसेवी तथा नमुना स्याटलाइट सर्भिस प्रालीका डाइरेक्टर राजभक्त राणा डिसहोम नेपालको उत्कृष्ट डिष्ट्रिब्युटरको रुपमा सम्मानित भएका छन् ।
डिस मिडिया नेटवर्क प्रालीको प्रोडक्ट डिसहोमको आधिकारिक डिलरको रुपमा करिव ६ बर्ष अगाडी बाट यात्रा प्रारम्भ गर्नुभएका राणाले ६ बर्ष को दौडानमा करिब साढे ७ लाख ग्राहक बनाइ मुलुक भरिको सर्वोत्कृष्ट डिष्ट्रिब्युटरको अवार्ड हात पार्न सफल भएका हुन् ।
दाङ जिल्लालाई केन्द्र बनाइ संचालन गरेको स्याटलाइट सर्भिस प्रालीले राप्तीका पाँचै जिल्लामा डिसहोमको सफलता पुर्वक ब्यापार प्रबर्धन गरेको भन्दै डिसहोमको कम्पनी डिस मिडिया नेटवर्क प्रालीले उत्कृष्ट डिष्ट्रिब्युटर्स अवार्डवाट व्यावसायी रानालाई पुरस्कृत तथा सम्मान गरेको छ ।