इन्द्रेणी संवाददाता
घोराही, २७ भदौ । दाङको पाण्डवेश्वरी यातायात प्रा.लि.ले घोराही–१ सर्रा र घोराही–४ चौघेरामा वुकिङ काउन्टर स्थापना गरेको छ । यात्रुको चापलाई मध्यनजर यी काउन्टरहरु स्थापना गरिएको पाण्डवेश्वरी यातायात प्रा.लि.ले जनाएको छ ।
चाडपर्वको वेला सार्वसाधारण नागरिकको लागि गाउँ गाउँसम्म आफ्नो सेवालाई विस्तार गर्दै लैजानुपर्ने उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले बताएका थिए । प्रालिका उपाध्यक्ष केशब नेपालीले आफ्नो सबैसँग सहकार्य गरेर सेवालाई प्रभावकारी वनाउदै आएको र आगामी दिनमा पनि सेवालाई प्रभाकारी बनाएर लैजाने बताउनुभयो ।