पुष्पा शर्मा
जाजरकोट, २७ भदौ । फ्रान्सकी ६८ बर्षिय एक महिलाले जाजरकोटमा तीज मनाएकी छन् । रातो साँढी, रातै चोली र हातभरि रातै चुरा लगाएर तीजको गितमा छमछमी नाँचेर फ्रान्सकी महिलाले तीज मनाएकी हुन् । 
सिन्दु मोरिस सिकाईका लागी शिक्षण परियोजनाको स्वयमसेवक हुन् । मोरिस प्रयोजना जिल्लामा लागु भएयता जाजरकोटमा कार्यरत छन् । गणितिय र पठनिय सिपविकासका लागी मोरिस एक विज्ञ नै हुन् ।
समाज नेपालको सहयोगमा ग्रामिणराष्ट्रिय लोक तथा दोहरी गीत प्रटिष्ठान नेपाल जिल्ला कार्य समिति र अन्तरपार्टी महिला सञ्जाल जिल्ला कार्य समिति जाजरकोटको संयुक्त आयोजनामा वुधवार जिल्लामा तीज विशेष कार्यक्रमको आयोजना गरिएको थियो । तीज विशेष कार्यक्रममा तीज गीत प्रतियोगिता गरिएको थियो ।।