जाजरकोट, २७ भदौ । पाँचकाटियावाट सामान लादेर मंगलवार पैंक तिर लिदै गरेको एक घोडाले दम्दालामा घोडा मालिक र एक स्थानिय वालिकालाई टोकेर घाईते वनाएको छ । मालिकलाई नै टोकेर जंगलमा दौडी रहेको घोडालाई प्रहरीले फायरिङ्ग गरि मारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 
पाँचकाटियावाट सामान लादेर पैंकतिर जादै गर्दा उक्त घोडाले दम्दालामा मालिक अमरबहादुर शाहीको अण्डाकोष नजिकै टोकेर घाईते वनाएको छ । घाईते शाहीलाई पाँचकाटिया स्थानिय मेडिकलमै उपचार भईरहेको प्रहरीले जनाएकोे छ । शाहीलाई १३ वटा टाँका लगाईएको छ ।।