Indrenionline.com

बाढीको क्षति न्यूनिकरण गर्न र सुरक्षा दिलाउन सरकारको ध्यानाकर्षण

केशव भुल
काठमाण्डौ, २७ भदौ । बाहुलीगाड बाढी क्षति न्यूनिकरण तथा सदरमुकाम वचाउ अभियान बझाङले ४ बूदे मागसहित सरकारको ध्यानाकर्षण गराएको छ । गएको असार ३१ गते बाहुलीगाडमा आएको भिषण बाढीले झोलुङगे पुल बगाएपछि सदरमुकामबासीहरु त्रासपुर्ण वातावरणमा बसिरहेको भन्दै सदरमुकामबासीले आफ्नो सुरक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।bajura

उनिहरुले बाहुलीगाडक्षेत्रमा तत्काल तटबन्धन गर्नुपर्ने, भत्कीएको झोलुङेपुल निर्माण गर्नुपर्ने भन्दै जिल्ला प्रशासन हुदै, विभिन्न मन्त्रालय र प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेका छन् । यस्तै चैनपुर वचाउ अभियानमा आएको रकम यसै आर्थीक वर्षबाट काम सुरु गर्नुपर्ने र बाढीपिडीतलाई क्षतिपूर्ती दिनुपर्ने अभियानका अध्यक्ष धर्मराज रासाइलीले बताउनुभयो ।

अभियानले आफ्ना मागहरु पुरा नभए विभिन्न आन्दोलनका कार्यक्रम सुरु गर्ने समेत सरकारलाई चेतावनी दिएका छन् । असार ३१ गतेको बाढीले नजिकै पुलसंगै ३ वटा पसल पनि बगाएको थियो । भने पुलको लठ्ठाले लछारिएर ३ वटा पसल भत्किएका थिए ।।।