सोलुखुम्बु, २७ भदौ । सोलुखुम्बुको भकान्जे–९ किन्जामा रहेको काठे साँघु भाँचिदा आज दुई जना वेपत्ता भएका छन् । किन्जा र चौलाखर्क–१ को बिचमा पर्ने किन्जा खोलाको काठे साँघु भाच्चिएर गोली–८ का फुर गेल्जे शेर्पा र चौलाखर्क–१ का डेन्डी भुजेल वेपत्ता भएका हुन् ।