दाङ, २७ भदौ । मंगोल नेशनल अर्गनाइजेशन दाङ जिल्ला सभाले हाँसीपुरमा मंगोल मुलबासीहरुसंग प्रशिक्षण कार्यक्रम गरेको छ । प्रशिक्षण कार्यक्रममा गाउँका सम्पुर्ण मुलबासी मंगोलहरुले सहभागिता रहेको थियो ।
सभा दाङका कोषाध्यक्ष कृष्ण बहादुर घर्तिको अध्यक्षता तथा सभाका केन्द्रिय प्रबक्त थम्मन बुढा मगरको प्रमुख आतिथ्यता एवं रोल्पा जिल्ला सभाका संयोजक लाल्मन घर्ती मगरको विशेष उपस्थितीमा कार्यक्रम भएको हो । कार्यक्रमको सन्चालन प्रमोद बुढा मगरले गर्नु भएको थियो । यसैविच, लीला बहादुर पाता मगरको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन गरिएको छ ।।