काठमाण्डौ, २७ भदौ ।भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले त्यहाँका नेताहरुसँग अन्तरक्रिया गरेका छन् । जनता दल युनाइटेडका सचिव केसी त्यागी, राष्ट्रिय कंग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी एवं सोसलिष्ट फ्रन्टका नेता विजय प्रतापको उपस्थितिमा उनले अन्तरक्रिया गरेका हुन्। 
कार्यक्रममा बोल्दै राष्ट्रिय कंग्रेस पार्टीका महासचिव डिपी त्रिपाठीले नेपालका पार्टीहरुको आन्तरिक लोकतन्त्रको अभ्यासबाट सिंगो दक्षिण एशियाले पाठ सिक्नुपर्ने उल्लेख गरे। परराष्ट्रमन्त्री डा.महतले आज साढे १२ बजे भारतीय समकक्षी सुस्मा स्वराजसँग भेट्ने कार्यक्रम छ ।।