Indrenionline.com

फकाउदै युवतीलाई यौन व्यवसायमा लगाउन खोज्ने होटल सञ्चालक प्रहरी फन्दामा

इन्द्रेणी संवाददाता
इटहरी, २७ भदौ । इटहरीमा जबरजस्ती यौन व्यवसायीमा लगाउन खोज्ने एक होटल व्यवसायी प्रहरी फन्दामा परेका छन् । इटहरी–१ स्थित लुम्बिनी होटलका सञ्चालक रामजी खत्रीलाई २१ वर्षाीया एक युवतीलाई ललाईफकाई यौन व्यवसायमा लगाउन खोजेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । खत्रीले होटलमा आएका ४ भारतीय व्यक्तिबाट २० हजार रुपैयाँ दिने शर्तमा ती युवतीलाई जबजस्र्ती भेडेटारको होटलमा पठाउन खोजेका थिए ।

प्रहरीको टोलीले युवती र होटल सञ्चालक खत्रीलाई आइतबार साँझ तरहराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । युवतीलाई मोटरसाइकलमा हालेर लैजाँद गर्दा प्रहरीले खत्रीलाई पक्राउ गरेको थियो भने युवतीलाई उद्दार गरेको थियो । प्रहरीले पक्राउ गरेपछि युवती आफैंले खत्रीमाथि मानब बेचबिखन तथा ओसार पसारको मुद्दा हालेकी हुन् ।

पिडित युवतीका अनुसार खत्रीले आफूलाई गरिबीको फाइदा उठाउँदै प्रलोभनमा पारेर जबजस्र्ती गर्न खोजेको आरोप छ । होटल सञ्चालक खत्रीले ती युवतीलाई एक पटकको ५ हजारको दरले ४ जनासँग रात बिताउन दबाब दिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेश सुवेदीले जानकारी दिनुभयो ।