
सत्यनिरुपण तथा मेलमिलाप आयोग द्धन्द्धकालिन घटनाका पीडितहरुकालागि न्याय निरुपण गर्ने अन्तिम संयत्र भएको उल्लेख गर्दै झाले न्याय र परिपुरणको अवसर नगुमाउन पीडितहरुलाई अपील गर्नुभयो । स्रोत, साधनको अभावमा भनेजस्तो गतिविधि सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै उहाँले द्धन्द्धपीडितहरुलाई विना हिचकिचाहट उजुरी दिन अपील गर्नुभयो ।
उहाँले यो उजुरीलाई द्धन्द्धकालिन घटनालाई बैधता दिने अवसर पनि भएको उल्लेख गर्दै यसबाट छुट्ने घटनाले पछि जतिसुकै सत्य भएपनि द्धन्द्धकालिन घटनाको रुपमा मान्तयता नपाउने बताउनुभयो । उहाँले बलात्कार र यौनजन्य घटनाप्रति आयोग गम्भीर रहेको उल्लेख गर्दै यस्ता प्रकृतिका घटनाको छानवीनलाई पहिलो प्राथमिकता दिइने बताउनुभयो ।
उजुरी लिने प्रकृयामा केही समस्या आएपनि त्यसलाई समाधान गर्न आयोग तयार रहेको उल्लेख गर्दै उहाँले उजुरी फाराम फेहरिस्त माग्ने रुकुमको सेनाको प्रमुखलाई विभागीय कारवाही भइसकेको जानकारी दिनुभयो । उहाँले दाङमा पनि उजुरी दिन आउदा सशस्त्र प्रहरीको फेस गर्नुपर्ने भएकाले शान्ति समितिको कार्यालय भवनबाट सशस्त्र प्रहरी तत्काल हटाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो ।।