Indrenionline.com

पत्रकारका हत्यारालाइ कारवाही गर्न क्रान्तिकारी पत्रकार संगठनको माग

काठमाण्डौ, २७ भदौं । क्रान्तिकारी पत्रकार संगठन नेपालले सूचना तथा सञ्चारमन्त्री समक्ष ज्ञापन–पत्र वुझाएको छ । संचार क्षेत्रका समस्या समाधानको माग राख्दै सूचना तथा सञ्चारमन्त्री समक्ष क्रान्तिकारी पत्रकार संगठन नेपालले ज्ञापन–पत्र वुझाएको हो ।ज्ञापन पत्रद्धारा सरकारसंग १९ वँुदे माग राखिएका संगठनका अध्यक्ष प्रभात चलाउनेले वताए । सञ्चारका क्षेत्रका समस्या समधानका लागि सरकारले व्यापक रुपमा हेरफेर गर्नुपर्ने अध्यक्ष चलाउनेको भनाई रहेको छ ।ktm-358x300

सुचना तथा सञ्चार मन्त्री राम कार्कीलाई वुझाईएको ज्ञापन–पत्रमा वरिष्ठ पत्रकार कृष्णसेन ‘इच्छुक’लगायत राज्यद्वारा हत्या गरिएका पत्रकारका हत्यारामाथि कडा कारवाहीको माग राख्नुका साथै हत्या गरिएका पत्रकारका परिवारलाई उचित राहत दिनुका साथै पत्रकार सहिदहरुप्रति राष्ट्रिय सम्मान व्यक्त गर्नुपर्ने माग राखिएको छ ।

राज्यबाट बेपत्ता पारिएका पत्रकार मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकाल लगायतको स्थिति तुरुन्त सार्वजनिक गर्नु पर्ने, वेपत्ता पार्ने कार्यमा सम्लग्नहरुलाई कडा कारवाही गर्नुका साथै वेपत्ता पत्रकाकारका परिवारलाई उचित राहत प्रदान गरि, वेपत्ता पत्रकारका छोराछोरीलाई उचित शिक्षाको व्यवस्था गर्नु पर्ने माग राखिएको छ ।

त्यसै गरि विगत युद्धकालमा घाईते वनाईएका पत्रकारहरुको उपचार सरकारले गर्नु पर्ने, श्रमजीवि पत्रकार ऐन कार्यन्वयन, सरकारी तथा ठूला मिडिया हाउसहरुले गरेको पत्रकार, कर्मचारी, मजदुरहरुको श्रम शोषणको अन्त्यको माग राखिएको छ । ग्रामीण क्षेत्रमा सञ्चालित एफएम रेडियोलाई राज्यले विशेष सहुलियत, अनुदान र लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनु पर्ने, विदेशी कम्पनीका विज्ञापनको उत्पादन स्वदेशमै गर्नु पर्ने र स्वेदशी कलाकार, मोडल तथा स्रोत साधनको अनिवार्य प्रयोग गर्ने व्यवस्था लागु गर्नु पर्ने माग राखिएको छ ।

सरकारी सञ्चार माध्यमहरु गोरखापत्र, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नेपाल टेलिभिजनमा काम गरिरहेका सञ्चारकर्मीहरुलाई विना कारण कामबाट बेदखल गर्ने, करारमै काममा लगाउने गरिएको छ । विनाकारण निकालिएका पत्रकार तथा सञ्चारकर्मीहरुको तत्काल पुनरवहाली र वर्षौसम्म करारमा काम गर्दै आएका पत्रकारहरुलाई स्थायी गर्नु पर्ने माग राखिएको छ ।

मिडियालाई उद्योग सरहको मान्यता दिनुका साथै उद्योगले पाउने सबै सेवा सुविधाहरु प्रदान गर्नु पर्ने, केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अनलाईन सञ्चारमाध्यम सञ्चालन निर्दे्शिका २०७३ परिमार्जन गरी लागु गर्नुपर्ने, पत्रकारहरुले राजनीतिक आस्था राख्न पाउनु पर्ने, सम्पुर्ण मिडियामा सबैखालको विविधता झल्किने गरी कन्टेन्टमा समावेशी हुनु पर्ने, पत्रकारिताको विकास गर्नका लागि राज्यले उच्चस्तरीय तालिम केन्द्रहरुको व्यवस्था गर्नु पर्ने, मिडिया क्षेत्रमा खुल्ला गरिएको विदेशी लगानीलाई वन्द गरि स्वदेशी लगानीलाई पनि पारदर्शी गर्नु पर्ने लगाएतका मागहरु ज्ञापन–पत्रमा राखिएको छ ।।