
व्यवस्थापिका संसद्को बैठकमा सभामुखले संविधानको धारा ८९(घ) को व्यवस्थामा सांसदलाई जानकारी गराउददै बैठकमा सहभागी हुन सम्बन्धित सांसदको ध्यानाकर्षण गराउनुभएको थियो । संविधानको धारा ८९ (घ) अनुसार दस पटकभन्दा बढी लगातार बिना सूचना अनुपस्थित भएमा सदस्यको स्थान रिक्त हुने व्यवस्था छ ।
केही सांसद लामो समयदेखि बिनासूचना विदेशमा रहँदा र संसद्मा कोरम नपुगेकामा सभामुखको सक्रियता नभएको आलोचना भएपछि यस्तो रुलिङ गर्नुभएको हो । गत शुक्रबारको बैठकमा पनि आवश्यक गणपूरक सङ्ख्या नपुगेर उच्च अदालत गठनसम्बन्धी विधेयक पारित हुन सकेको थिएन ।
सांसदहरू संसद्मा हाजिर गरेर गैरसरकारी संस्थाको कार्यक्रममा गएका थिए । यस्तै दल र सभामुखको समन्वयको अभावका कारण शुक्रबार संसद् बैठक चलिरहेकै अवस्था संसदीय समिति बैठक पनि राखिएको थियो ।