शिक्षक किताबखानाले ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई उक्त रकमको अख्तियारी दिएसंगै जेठ २५ गते देखि भदौ २५ गते सम्म निवृत्त भएका ६ सय ८० शिक्षकहरुले रकम पाउने भएका हन् ।
उनीहरुका लागि ३७ करोड ११ लाख ९० हजार ६ सय २१ रुपैंया निकासाको अख्तियारी दिएको किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले जानकारी दिनुभयो ।
