Indrenionline.com

गायिका कुसुमको पहिलो कोसेली बजारमा

14287642_1262230077141247_1787701056_nकाठमाडौं । स्टेजमा गीत गाउँदै आएकी कुसुम दाहालको पहिलो सुगम संगीत सार्वजनिक भएको छ । डेनमार्क बस्दै आएकी कुसुम दाहालले प्रकाश नेपालीद्वारा संगीतवद्ध ‘रहर जति भए पनि । ’ बोलको गीतमा स्वर भरेकी छन् । जसको शब्द रचना पूर्णबहादुर बस्नेतले गरेका हुन् भने गीतको मास्टरिङ एवं मिक्सिङ प्रकाश केसीले गरेका छन् । गीतलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् जसमा पुष्प खड्का र वर्षा राउत फिचरिङ छन् ।

कुसुमले यस अघि राजेश पायल राईलगायत नेपालबाट डेनमार्कमा सांगीतिक कार्यक्रमका लागि जाने विभिन्न अतिथि गायकहरुसँग स्टेज शेयर गर्दै गीत गाउने गरेकी छिन् । प्रवासमा विविध कार्यक्रम हुँदा पनि कुसुमको संलग्नता रहने गरेको छ । पहिलो गीत सार्वजनिक हुँदै गर्दा उनलाई चलचित्रको गीतका लागि अफर आएको छ । फुर्सदले भ्याएसम्म गीत गाएर सामाजिक संजालमा पोस्टिन रुचाउने कुसुमले आगामी दिनहरुमा अन्य गीतहरु पनि बिस्तारै बजारमा ल्याउने बताएकी छिन् ।