काठमाण्डौ, २६ भदौ । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्दै आएको संस्था केआई नेपालले गएको आर्थिक बर्षमा सात सय १५ जना महिला तथा बालिकालाई उद्धार गरेको वताएको छ । जसमध्ये ६ सय ५९ जनालाई परिवारसँग पुनर्मिलन गरिएको र ३९ जनालाई पुनस्र्थापना गरिएको छ ।
यो अवधिमा ५३ जना नयाँ चेलीहरुले पुनस्थापना गृहमा प्रबेश गरेका छन् । ७२ जना चेलीलाई पुनस्थापना गृहमा राखी सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई परिवारमा पुर्न्मिलन गराएको संस्थाले जनाएको छ । ४८ जनालाई सिलाई कटाई तालिम दिइएको छ । पुनस्थापना केन्द्रमा रहेका २८ जना किशोरीमध्ये आठ जना औपचारिक शिक्षा आर्जन गरिरहेका छन् ।।