Indrenionline.com

एमाले टरिगाउँले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट नगर्ने 

सन्तोष  वली / तुलसीपुर २६ भदौ । 

नेकपा एमाले टरिगाउँ कमिटिको आईतवार विहान भएको कार्यकर्ता भेलाले  टरिगाउँ गाउँ कमिटिको संगठित सदस्यताको लेवी वुझाई नविकरणको लागि सिफारिस गरेका नामहरु छुटन गएकोले छुटनगएका सदस्य समावेश भई नआउँदा सम्म प्रतिनिधि छनोट नगर्ने निर्णय गरेको हो  ।

साथै छुटनगएका नामावली सच्चाएर गाउँ कमिटिमा पत्रचार गर्न नेकपा एमाले जिल्ला कार्यसमिति दाङसंग भेलाले अनुरोध गरेको छ ।

नेकपा एमाले टरिगाउँ कमिटिका अध्यक्ष कमल केसीको अध्यक्षता एवं एमाले जिल्लाकार्य समिति सदस्य अमीत शर्माको प्रमुख आतिथ्यतामा भएको भेलाले यस्तो निर्णय गरेको युवा संघ टरिगाउँका अध्यक्ष सन्तोष वलिले जानकारी दिए ।

गाउँकमिटिका उपाध्यक्ष महेन्द्र आचार्यको स्वागत मन्तत्तय वाट सरुभएको कार्यक्रमको सहिजकरण उपसचिव सुस्मा भण्डारीले गरेकी थिइन ।