काठमाण्डौ, २६ भदौ । नेकपा (माओवादी) ले देशभरका कार्यकर्तालाई पहिलो चरणको स्कूलिङ दिन सुरु गरेको छ । सेती(महाकाली ब्यूरोको आयोजनामा तीन दिने प्रशिक्षण शनिबारबाट कैलालीमा सुरु भएको छ ।
ब्यूरो इन्चार्ज शरद सिंह भण्डारीले दिएको जानकारी अनुसार स्कुलिङमा सेती(महाकालीका ९ ओटै जिल्लाबाट ८० प्रशिक्षार्थी सहभागी छन् । एउटा जिल्लाबाट ३ देखि ४ जना र जनवर्गीय संगठनबाट छानिएका कार्यकर्ताले पहिलो चरणको प्रशिक्षण लिइरहेका छन् ।
पार्टीका स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाले प्रशिक्षण दिइरहेका छन् । एकीकृत जनक्रान्तिको कार्य्दिशाबारे पार्टी कार्यकर्तामार्फत जनतासम्म पुर्याउन स्कुलिङको आयोजना गरिएको इन्चार्ज भण्डारीले बताए ।।