Indrenionline.com

बाल संरक्षण सम्बन्धी २ दिने तालिम

देउखुरी २६ भदौ । बाल संरक्षण सम्बन्धी २ दिने तालिम शनिवार देखि गंगापरस्पुर ८ बाँकीमा सुरु भएको छ । टिडि एचको आर्थिक सहयोगमा क्रेटिङ्ग पोसिविलिटिज नेपाल, करुणा फाउन्डेसन नेपाल, करुणा फाउन्डेसन नेपाल, सिपी नेपाल र स्वान नेपालको संयुक्त आयोजनामा तालिम सुरु भएको हो ।balbalika

२ दिन सम्म चल्ने तालिममा बाल बालिका को हुन्, बाल अधिकार, बाल संरक्षण र बालमैत्री स्थानीय शासन समबन्धी विषयमा सिकाईने बताइएको छ । तालिमबाट बढ्दो बाल श्रम, बाल विवाह जस्ता मुख्य चुनौती समाधान गर्न पहल गर्ने गरि तालिम सञ्चालन गरिएको हो ।
तालिममा बेला, गोवरडिहा, गढवा र सिसहनियाँ गाविसका बाल संरक्षण समितिका प्रतिनिधि, महिला सञ्जाल, बाल सञ्जाल, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्रोत शिक्षक गरी ३० जनाको सहभागीता रहेको तालिमको प्रशिक्षकहरुमा बालमैत्री सहजकर्ता दुर्गालाल के.सी, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत बालकृष्ण खनाल, सहजकर्ता महेश कुमार आचार्य, अधिबक्ता रामशरण चौधरी रहनु भएको छ ।

संस्था तथा विषय प्रवेस किरण शाहले गर्नु भएको थियो भने स्वागत स्वाननेपालका राममोति चौधरीले गर्नुभएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।।