
त्यसका लागि आफुले सकेको काम गर्ने प्रतिवद्धता पनि मन्त्री जोशीको भनाई छ । साना र मझौला उद्योगलाई संरक्षण सम्बद्र्धन गर्दै सहज तरिकाले काम गर्ने वातावरण आफुले निर्माण गरिदिने मन्त्री जोशीको भनाई छ ।
उहाँले उद्योगी व्यवसायीको हितका लागि लगानीमत्रै वातावरण निर्माण गर्ने र उद्यागीहरुलाई बैंकबाट अनुदान तथा कर्जाको व्यवस्था गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । यसअघिका सरकारले गरेका सकरात्मक कामलाई प्राथमिकता साथ अघि बढाईने र थप नयाँ काम गर्ने योजना समेत रहेको मन्त्री जोशीले बताउनुभयो ।
उहाँले केहि महिना भित्रै उद्योग दर्ताका लागि व्यवसायीहरुले ब्यहोर्नु पर्ने झन्झटको अन्त्य गर्ने समेत बताउनुभयो । उद्योग मन्त्रालयले आज दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरी केहि कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।