
शुक्रबार वैठकका लागि सांसदहरुको संख्या नपुगेर स्थगित गरिएको न्याय सम्बन्धी विधेयक माथीको छलफल आज हुने संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्योग सम्बन्धी सार्क स्तरिय सम्झौता संसदमा पेश गर्ने कार्यसुचीमा छ । त्यस्तै श्रम विधेयक २०७२, भुमीगत जलस्रोत विधेयक र सिंचाइ विधेयक बारे पनि छलफल हुने कार्यक्रम छ ।