
चराको संख्यामा कमी आउनु तथा चारा लोप हुने सम्भाबन बढेकाले त्यस्लाई मध्यनजर गर्दै गुलेली संकलन अभियान थालिएको हो । साथै गुलेली संकलन अभियानले चरा मार्नु हुदैन भन्ने चेतना दिन पनि मद्दत पुग्ने चरा संरक्षण अभियानता जेपी बुढाथोकीले बताउनुभयो ।
चरा संरक्षणका लागि गुलेली संकलन अभियान २०७३ द्धारा आयोजित बिद्यालय स्तरिय जनचेतना मुलक कार्यक्रम हिजो सल्यानको लेखपोखरामा रहेको त्रिभुवन जनता माद्यामिक बिद्यालयमा भएको हो ।
ईलाका बन कार्यालय लेखपोखराको आयोजना तथा चरा संरक्षणका अभियन्ता जेपि बुढाथोकीको संयोजनमा उक्त कार्याक्रम गरिएको हो । बिद्यालयका प्रधानाध्यापक टिका राम खड्काको अध्यक्षता एवम् ईलाका बन कार्यालय लेखपोखराका बन रक्षक तथा चरा संरक्षणका अभियन्ता जेपि बुढाथोकीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।