Indrenionline.com

प्रधानमन्त्री र नेता नेपालबिच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबिच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भएर छलफल भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा भएको भेटवार्तामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भएको थियो ।
aaaaa
प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री नेपालबिच भएको झण्डै एक घन्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेट मार्फत नेकपा एमाले नेतृत्वको सरकारले घोषणा गरेका कार्यक्रम तथा आयोजनालाई निरन्तरता दिने विषयमा छलफल भएको नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँहरुबीच संविधान कार्यान्वयन र २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने तीन वटा चुनावको कार्यभार संविधानअनुसार नै समयमै सक्न के कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत विस्तृत छलफल भएको  छ ।।